ایک زبان منتخب کریں۔

mic

بانٹیں

لنک شیئر کریں۔

QR code for https://globalrecordings.net/script/ne/1223

unfoldingWord 23 - येशूको जन्म

unfoldingWord 23 - येशूको जन्म

خاکہ: Matthew 1-2; Luke 2

اسکرپٹ نمبر: 1223

زبان: Nepali

سامعین: General

مقصد: Evangelism; Teaching

Features: Bible Stories; Paraphrase Scripture

حالت: Approved

اسکرپٹ دوسری زبانوں میں ترجمہ اور ریکارڈنگ کے لیے بنیادی رہنما خطوط ہیں۔ انہیں ہر مختلف ثقافت اور زبان کے لیے قابل فہم اور متعلقہ بنانے کے لیے ضرورت کے مطابق ڈھال لیا جانا چاہیے۔ استعمال ہونے والی کچھ اصطلاحات اور تصورات کو مزید وضاحت کی ضرورت ہو سکتی ہے یا ان کو تبدیل یا مکمل طور پر چھوڑ دیا جائے۔

اسکرپٹ کا متن

योसेफ नाउँ भएका एकजना धर्मी मानिससँग मरियमको मगनी भएको थियो । जब मरियम गर्भवती भएको उनले थाहा पाए, उनको गर्वमा भएको बालक आफ्नो होइन भन्‍ने कुरा उनलाई थाहा थियो । योसेफ मरियमलाई शर्ममा पार्न चाहदैनथे, त्यसैले उनले गुप्त रूपमा मरियमलाई त्याग्‍ने योजना बनाए । तर उनले त्यसो गर्नुभन्दा अघि, उनको सपनामा एक स्वर्गदूत उनीकहाँ आए । ​

उनलाई स्वर्गदूतले भने, “योसेफ, मरियमलाई आफ्नी पत्‍नीको रूपमा स्वीकार्न नडराऊ । किनभने उनीभित्र भएको बालक पवित्र-आत्माबाट आउनुभएको हो । उनीले एक छोरा जन्माउनेछिन् । उहाँको नाउँ येशू राख्‍नु (जसको अर्थ हो, ‘याहोवेले बचाउनुहुन्छ’), किनकि उहाँले मानिसहरूलाई तिनीहरूका पापदेखि बचाउनुहुनेछ ।”

त्यसैले योसेफले मरियमसँग विवाह गरे र उनलाई आफ्नी पत्‍नीको रूपमा आफ्नो घरमा लगे, तर बालकको जन्म नभएसम्म योसेफ मरियमसँग सुतेनन् ।

मरियमको बच्चा जन्माउने समय नजिक आएकेै बेला, रोमी सरकारले सबैजनालाई जनगणनाको निम्ति आफ्ना पुर्खाहरू बसेको शहरमा जाने आदेश जारी गर्‍यो । योसेफ र मरियमले उनीहरू बसेको ठाउँ नासरतदेखि बेथलेहेमसम्मको लामो यात्रा गर्नुपर्ने थियो, किनभने उनीहरूका पुर्खा दाऊदको शहर बेथलेहेम थियो ।

जब उनीहरू बेथलेहेममा आइपुगे, त्यहाँ बस्‍नको निम्ति कुनै ठाँउ थिएन । उनीहरूले भेट्टाउन सकेको एउटैमात्र ठाउँ गाईवस्तुहरूको गोठ थियो । बालक त्यहिँ जन्मियो र मरियमले उनलाई डुँडमा राखिन् , किनभने बालकलाई राख्‍न उनीहरूसँग कुनै ठाउँ थिएन । उनीहरूले बालकको नाउँ ‘येशू’ राखे ।

त्यस रात, नजिकैको खेतमा केही गोठालाहरू आफ्ना गोठको रखवाली गर्दै थिए । अचानक, चम्किरहेका एकजना स्वर्गदूत तिनीहरूकहाँ देखा परे, र यो देखेर तिनीहरू डराए । स्वर्गदूतले भने, “नडराओ, किनभने मसँग तिमीहरूका निम्ति केही खुशीका समाचारहरू छन् । तिमीहरूका मसिह बेथलेहेममा जन्मिनुभएको छ

“बालकलाई खोज्‍न जाओ, र तिमीहरूले उहाँलाई कपडामा बेरिएको र डुँडमा सुतिरहेको भेट्टउनेछौँ ।” अचानक, आकाशहरू परमेश्‍वरको प्रशंसा गरिरहेका स्वर्गदूहरूद्वारा यसो भन्दै भरियो “सर्वोच्चमा परमेश्‍वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्छ, तिनीहरूलाई शान्ति

केही छिनपछि, गोठालाहरू येशू जन्मिनु भएको ठाउँमा आइपुगे र स्वर्गदूतले भनेजस्तै उहाँलाई डुँडमा सुतिरहेको भेट्टाए । उनीहरू अति उत्साहित थिए । मरियम पनि धेरै खुशी थिइन् । गोठालाहरू, उनीहरूले देखे-सुनेका सबै कुराहरूको निम्ति परमेश्‍वरलाई प्रशंसा चढाउँदै आफ्ना भेडाहरू भएको खेतमा फर्के ।

केही समयपछि, टाढा पूर्वका ज्ञानी मानिसहरूले आकाशमा अनौठो तारा देखे । त्यसको अर्थ यहूदीहरूका एकजना नयाँ राजाको जन्म भएछ भनी उनीहरूले थाहा गरे । त्यसैले त्यस राजालाई हेर्नको निम्ति उनीहरूले लामो यात्रा गरे । उनीहरू बेथलेहेममा आए अनि येशू र उहाँका आमा-बुबा बसिरहनुभएको ठाउँ पत्ता लगाए ।

जब ती ज्ञानी मानिसहरूले येशूलाई उहाँकी आमासँग देखे, उनीहरूले घोप्टो परी दण्डवत गरे र उहाँको आराधना गरे । उनीहरूले येशूलाई बहुमूल्य उपहारहरू चढाए । त्यसपछि उनीहरू आ-आफ्ना घर फर्के ।

متعلقہ معلومات

زندگی کے الفاظ - ہزاروں زبانوں میں آڈیو انجیل کے پیغامات جن میں نجات اور مسیحی زندگی کے بارے میں بائبل پر مبنی پیغامات ہیں۔

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons