Изберете јазик

mic

Споделете

Споделете врска

QR code for https://globalrecordings.net/script/8689

unfoldingWord 41 - परमेश्‍वरले येशूलाई मृतकबाट बौरी उठाउनुभयो

unfoldingWord 41 - परमेश्‍वरले येशूलाई मृतकबाट बौरी उठाउनुभयो

Преглед: Matthew 27:62-28:15; Mark 16:1-11; Luke 24:1-12; John 20:1-18

Број на скрипта: 1241

Јазик: Nepali

Публиката: General

Цел: Evangelism; Teaching

Features: Bible Stories; Paraphrase Scripture

Статус: Approved

Скриптите се основни упатства за превод и снимање на други јазици. Тие треба да се приспособат по потреба за да бидат разбирливи и релевантни за секоја различна култура и јазик. На некои употребени термини и концепти може да им треба повеќе објаснување или дури да бидат заменети или целосно испуштени.

Текст на скрипта

सिपाहीहरूले येशूलाई क्रूसमा टाँगिसकेपछि, अविश्‍वासी यहूदी अगुवाहरूले पिलातसलाई भने, “त्यो झूटो येशूले भनेको थियो कि ऊ तीन दिनपछि मृत्युबाट उठ्नेछ । उसका चेलाहरूले उनको लास चोरेर लैजालान्, अनि ऊ मृत्युबाट बौरी उठ्यो भनी नभनून् भन्‍ने कुराको पक्का गर्न कसैले त्यस चिहानको पहरा गर्नैपर्छ ।”

पिलातसले भने, “केही सिपाहीहरू लैजाऊ र त्यस चिहानलाई तिमीले सक्दो सुरक्षित राख ।” त्यसैले तिनीहरूले चिहानको मुखमा भएको ढुङ्गामा एउटा मोहोर लगाए र कसैले शरीर नचोरोस् भनी पक्का गर्न सिपाहीहरूलाई त्यहाँ राखे ।

येशूलाई गाडिएको भोलिपल्ट शबाथको दिन थियो, र यहूदीहरूलाई त्यस दिन चिहानमा जान मनाही थियो । त्यसैले शबाथ दिनको भोलिपल्ट बिहान सबेरै, केही स्‍त्रीहरू येशूको चिहानमा उहाँको शरीरमा अत्तरहरू लगाउन जान तयार भए ।

अचानक, एउटा ठूलो भूकम्प गयो । चट्याङझैँ चम्किरहेका स्वर्गदूत स्वर्गबाट देखा परे । उनले चिहानको मुख थुनिरहेको ढुङ्गालाई त्यहाँबाट हटाइदिए र त्यसमाथि बसे । चिहानको पहरा गरिरहेका सिपाहीहरू डराए र मृत मानिसझैँ भुईँमा लडे ।

जब ती स्त्रीहरू चिहानमा आईपुगे, त्यस स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ । येशू यहाँ हुनुहुन्‍न । उहाँले भन्‍नुभएझैँ, उहाँ मृतकबाट बौरी उठ्नुभएको छ! आएर चिहानमा हेर। अनि ति स्त्रीहरूले चिहानमा हेरे र देखे कि येशुको शरिर त्यहाँ थिएन्।

अनि स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “जाओ र चेलाहरूलाई भनिदेओ, ‘येशू मृत्युबाट बौरी उठ्नुभएको छ र उहाँ तिमीहरूका अघि गालीलमा जानुहुनेछ ।’”

ती स्त्रीहरू डर र ठूलो रमाहाटले भरिएका थिए । उनीहरू चेलाहरूलाई यो खुसीको समाचार सुनाउन दौड्दैँ गए ।

जब ती स्त्रीहरू चेलाहरूलाई यो खुसीको समाचार सुनाउन जाँदै थिए, येशू उनीहरूकहाँ देखा पर्नुभयो, अनि उनीहरूले उहाँको आराधना गरे । येशूले भन्‍नुभयो, “नडराओ । जाओ र मेरा चेलाहरूलाई गालीलमा जान भनिदेओ । उनीहरूले मलाई त्यहीँ देख्‍नेछन् ।”

Поврзани информации

Зборови на животот - Аудио евангелски пораки на илјадници јазици што содржат библиски пораки за спасението и христијанскиот живот.

Copyright and Licensing - GRN shares its audio, video and written scripts under Creative Commons

Choosing the audio or video format to download - What audio and video file formats are available from GRN, and which one is best to use?